यस्तो छ नेपालको वास्तविक नक्सा, नक्सासहित प्रदर्शन

नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको विरोधमा दिनहूँ प्रदर्शन हुँदै आएको छ । यहि क्रममा मंगलबार पनि काठमाडौँमा भारतले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन भएको छ ।

भारतले हालै जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितका क्षेत्र समेटेको छ । त्यसको विरोधमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा उनीहरुले लिम्पियाधुरासहितको नेपालको नक्सासँग नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र भारतले हालै मिचेपछिको नक्सासहितको ब्यानर बोकेका थिए । स्वाधिनताको रक्षाका लागि आफूहरु प्रदर्शनमा आउन बाध्य भएको उनीहरुले बताएका छन् ।