सागमा नेपालले हात पा–यो ९ स्वर्ण पदक

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको स्वर्ण पदक संख्या ९ पुगेको छ । तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्षमाथिको उमेर समूहमा आयशा शाक्यले स्वर्ण पदक दिलाएसँगै नेपालको स्वर्ण पदक संख्या ९ पुगेको हो ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्ष माथिको उमेर समूहमा आयशाले ७।०४० अंक ल्याइन् । उक्त प्रतिस्पर्धामा भारतकी खेलाडीले रजत र श्रीलंकाकी खेलाडीले कास्य पदक जितिन् ।

यसअघि तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङले पनि नेपाललाई स्वर्ण दिलाएकी थिइन् । तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वतीले ८.२५० अंक प्राप्त गरिन् ।
पार्वतीले स्वर्ण जित्दा श्रीलंकाकी थिलकसिका जयाविराले ८=१४० अंक प्राप्त गर्दै रतजमा चित्त बुझाउनु प¥यो ।

यस्तै, भारतकी हर्षा सिंहाले ८.०३० अंक प्राप्त गर्दै रजत हात पारिन् ।

यसअघि नेपालका लागि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए । उनले सिंगला काता र समूहगत कातामा गरी २ स्वर्ण दिलाएका हुन् ।

यस्तै, कमला तामाङले कराँतेको ५५ किलो उमेर समूहमा बंगलादेशका मोहम्मद मुस्तफालाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाए ।