१२२ चिनियाँ पक्रन नेपाल प्रहरीको हालसम्मकै मेगा अपरेशन

प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार पक्राउ गरेका १२२ जना चिनियाँ नागरिक ठगी कार्यमा संलग्न रहेको खुलेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले इन्टरपोलको सूचनाको आधारमा सर्च अपरेशनबाट उनीहरु पक्राउ परेको जनाएको छ ।

बुधबार आयोजित आयोजीत पत्रकार सम्मेलनमा चिन एसिबीको सुचनाको आधारमा अपरेसन गरेको स्वीकार गर्दै सिआइबीले यो अपरेसनलाई ‘चार्ली फोक्स्टर्स’ नाम दिएको छ ।

चिलिमा गत असोजमा सम्पन्न इन्टरपोलको ८८ औं साधारण सभामा नेपाल र चिनको प्रमुख बीच क्रस बोर्डर साइबर क्राइम भइरहेको सुचना आदाप्रदान भएको र त्यसैलाई आधार बनाएर अनुसन्धान थालेको सीआईबीको निर्देशक डिआइजी निरजबहादुर शाहीले जानकारी दिए। अनुसन्धान गर्दै जाँदा चिनियाँ नागरिकले गैरकानुनी क्रियाकलाप गरिरहेको आशैकामा मनैमैजु तारकेशवर महाराजगंज र बुढानिलकण्ठको ९ वटा घरमा छापा मारेको हो ।

छापा मार्ने क्रममा अस्वभाविक मात्रामा शंकास्पद सामान भेटिएपछि सोधपुछ गर्न खोज्दा महिला प्रहरीलाई दुर्व्यवहार गरी भाग्न खोजेको सिआइबीले जनाएको छ । प्रहरीलाई दुर्व्यवहार गरेको तथा शंकास्पद गतिविधीमा संलग्न रहेको मुद्धा लगाएर ५ दिनको म्याद थप गरि सिआइबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार विभिन्न बहाना बनाउने, कराउने जस्ता गतिविधि गर्ने र प्रहरीले सोधपुछ गर्दा मुक्का हानौला जस्तो गतिविधि गर्ने गरेकोले अनुसन्धानमा समेत समस्या सिर्जना भएको छ ।

यो नेपाल प्रहरीको हालसम्मकै मेगा अपरेशन भएको सिइआबिको भनाई छ । नेपाल प्रहरीले चिनियाँ नागरीक यति ठुलो संख्यामा पक्राउ पर्नु नै ठुलो ठुलो सफलता भएको जनाएको छ । सफल अपरेशनपछि बेइजीङ एनसिबीले धन्यवाद ज्ञापन गरेको सिआईबीले जनाएको छ ।

उनीहरुले नक्कली वेबसाइट बनाई सर्बसाधारणलाई ठग्ने गरेको पाईएको सीआईबीले जनाएको छ । नक्कली वेबसाइट मार्फत बढी प्रतिफल आउने भन्दै पैसा हाल्न लागाउने, १÷२ पटक पैसा दिने र पछि ठुलो रकम माग गरी पैसा फिर्ता नदिई ठग्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैजसो पर्यटन भिसामा नेपाल आएको र उनीहरुको नेपाल बसाई ३÷४ महिना भएको प्रहरीले जनाएको छ । पक्राउ परेको सबै एउटै समुहको हो, अथवा फरक समुहको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । संचार माध्यममा आएजस्तो कुटनीतिक माध्यमबाट नभएर इन्टरपोलको माध्यमाबाट सुचनाको आधारमा अपरेशन भएको समेत सिआइबीले दाबी गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, ९८ सिपियु, ९९ मोनिटर, २२ पेन ड्राइभ, ३२७ सिमकार्ड र ६७ थान पासपोर्ट बरामद गरेको छ । पक्राउ परेका मध्ये ८४ जना चिनियाँको राहदानी फेला नपरेको बताएको छ ।