आज ४३ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३ दशमलव १० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ ।