आईजी खनालको उपस्थितिमा डिजिटल नेपाल सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा अमेरिकाको भर्ज्निियास्थित ईसिपीआइ युनिभर्स्टििका प्रोफेसर डा। रामहरि सुवेदीद्वारा डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।

र्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रस्तुतीकरण प्रहरी संगठनका लागि फलदायी र निकै महत्वपूर्ण भएको चर्चा गर्दै महत्वपूर्ण जानकारीका लागि प्रोफेसर डा। सुवेदीलाई धन्यवाद दिनुभयो ।

प्रस्तुतीकरणका विषयलाई अगाडि बढाउन क्षमता अभिवृद्धिका साथै नीति निर्माणका लागि पहल गरिने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक खनालले डिजिटल नेपालका लागि सांगठनिक रुपमा सबल हुनुको साथै व्यक्तिगत रुपमा ज्ञान बढाउनुपर्नेमा जोड दिँदै प्रणालीगत रुपमा साधनस्रोत व्यवस्थापनको साथै मातहतसम्म ज्ञान पुर्यागउनुपर्ने चर्चा गर्नुभयो ।

सूचना प्रविधिसँग सम्बन्धित प्रहरी युनिटहरुले उहाँसँग समन्वय गरी विशेष योजना बनाएर अगाडि बढनुपर्ने उल्लेख गर्दै उहाँले प्रोफेसर डा। सुवेदीबाट आगामी दिनमा समेत सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रोफेसर डा। सुवेदीले साईबर सुरक्षा सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै पूर्वाधार निर्माण तथा विकास, दक्ष जनशक्ति उत्पादन, शैक्षिक प्रणालीमा विकास, कानुन निर्माण तथा उचित कार्यान्वयन लगायतका विषयलाई प्राथमिकता दिनसके डिजिटल नेपालको कल्पना गर्ने सकिने बताउनुभयो ।

यसका लागि सुरक्षा निकायले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिँदै उहाँले साइबर अपराध न्यूनीकरणका चुनौती र समाधानका उपायबारे चर्चा गर्नुभयो ।