मकवानपुरमा जिप दुर्घटनामा तीनजनाको मृत्यु, पाँच घाइते

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–३ ओखरेडाँडा नजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् ।

चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो शुक्रबार करिब ३०० मिटर तल खसेको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।