चन्द्रनिगाहपुरको नेपाल बैंक अगाडि शंकास्पद वस्तु फेला

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन् ।

चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु डिस्पोजका लागि प्रहरीले सेनालाई खबर गरेको छ ।

डिस्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएपछि अहिले उक्त स्थानमा सर्वसाधारणलाई जान रोक लगाइएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा एउटा झोला र बोरा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।