तीन वटा एनसेलको टावरमा आगजनी

मकवानपुरको तीन वटा एनसेल टावरमा आगजनी भएको छ । सोमबार अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अज्ञात समुहले बिहान इन्द्रसरोवर गाउँपालिका–२ देउराली, मनहरी गाउँपालिका–५ बसन्तपुर र हेटौंडा–१५ स्थित पशुपतिनगरको एनसेल टावरमा आगजनी गरेको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

आगजनीबाट टावरमा सामान्य क्षति भएको छ । प्रनी कुर्मीले तीन वटै टावरमा पेट्रोल छर्किएर आगजनी गरिएको र टावरको जेनेरेटरसगै तारमा क्षति पुगेको बताए । घटनाको जिम्मा कसैले नलिए पनि विप्लव नेतृत्वको नेकपाले आगजनी गर्ने पूर्वयोजना अनुसार भएको हुन सक्ने प्रहरी प्रवक्ता कुर्मीले बतए ।