गायिका राउतद्वारा आत्मसमर्पण, यस्तो छ उनीमाथि कारवाही प्रक्रियाको तयारी

गायिका आस्था राउत आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् । परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत सोमबार बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।

प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।