सर्जक हमालको ‘आज मुटु दुःखेनस किन ?’ ( भिडियोसहित)

काठमाडौं । चर्चित तथा लोकप्रिय सर्जक हुन् शिव हमाल । हमालका प्रायः गीतहरु निकै चर्चित छन् । अझै पछिल्लो समय हमालको सिर्जनामा रहेको गीत ‘लालुमै’ सुपरहिट नै छ । ‘लालुमै’लाई युट्युवमार्फत साँढे दुई करोडभन्दा बढी दर्शकहरुले मन पराएका छन् ।

उनै सर्जक हमालको नयाँ सिर्जनामा लोक तथा दोहोरी गीत ‘आज मुटु दुःखेनस किन ?’ बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही दिनमा नै गीतको निकै चर्चा चुलिएको छ ।
दुःख, पीडामा आधारित ‘आज मुटु दुःखेनस किन ?’ गीतमा चर्चित लोक दोहोरी गायिका तथा स्वर किन्नरी बिष्णु माझी र गायक बलराम बिकले सुमधुर स्वर रहेको छ ।

गीतमा लय तथा शब्द शिव हमालको रहेको छ भने संगीत संयोजन चर्चित गायक तथा संगीत संयोजक कमल सौरागको रहेको छ । साइ भिजन प्रा.लि.को निर्माणमा रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित नृत्य निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।

गीतमा प्रेममा रहेका जोडीको बिछोड भएको र बिछोड पछिको पीडालाई प्रस्तुत गरिएको छ। जसलाई शिशिर पौडेल र आयुस्मा कार्कीको अभिनयमार्फत देखाईएको छ ।

भिडियोलाई राजेश घिमिरेले छांयाकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । ‘आज मुटु दुःखेनस किन ?’ गीतको म्युजिक भिडियोलाई सर्जक शिव हमालकै अफिसियल युट्युव च्यानलबाट सार्वजानिका गरिएको छ ।