विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

जेनेभा– विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ९५ हजार ७४६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख एक हजार जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार १८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३४ लाख ६३ हजार २४६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख २७ हजार ४७ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ४८ लाख पाँच हजार ८५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख एक हजार ९०७ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख १७ हजार ९५० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १५४ को मृत्यु भएको छ ।

एसिया ३६ लाख छ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख ७३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ४८७ जनाको मृत्यु भएको छ ।

ओसियानामा १४ हजार ९९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५५ जनाको मृत्यु भएको छ । एजेन्सी