सिन्धुपाल्चोक लिदी पहिरो अपडेट : ३ शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ ।

योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । बेपत्ता ११ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो । गत शुक्रबार बिहान गएको पहिरोमा ३९ जना बेपत्ता भएका थिए । हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिका छन् ।