८ प्रहरीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापाको दमकमा ८ प्रहरिसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना देखिएकाहरुमा दमककै एक औषधि व्यवसायी र एकजना स्थानीयसमेत छन् ।  स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईका अनुसार संक्रमित १७ जना मध्ये ३ महिला र १४ जना पुरुष रहेका छन् ।

उनीहरूमा नेपाल प्रहरीका आठ र ७ कर्मचारीसहित झापाको दमक नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच झापाको दमकमा समुदायमा कोरोना देखिएको देखिएको भन्दै लकडाउन एक हप्ता थपिएको छ ।  दमकमा शनिबारमात्र १७ जनामा कोरोना पोजेटिभ देखिएसगै त्रास पैदा भएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार सबैको सुझाब लिएर थप एक साता लकडाउन गरिएको हो ।