सुनको मूल्य स्थिर तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य शुक्रबारकै बराबर रहेको छ । बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ ।

चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।