पोखरामा ठूलो मात्रामा लागूऔषध बरामद, कारोबारी पक्राउ

कास्की । वडा प्रहरी कार्यालय रामबजारले ठूलो मात्रामा लागूऔषध गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट सहित बिहिबार पोखरा महानगरपालिका–११ बाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका–११ तुल्सीमार्ग बस्ने वर्ष २७ को विशाल घमाल रहेका छन् ।
पक्राउ परेका घमालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको र यसको कारोबार समेत गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटीई खोजतलास तथा अनुसन्धान गर्ने क्रममा निजको कोठा भित्र लुकाई छिपाई राखेको ३०० क्याप्सुल, चरेश ३०० ग्राम र सुकेको गाँजा ३ किलो ४०० ग्राम सहित निजलाई पक्राउ गरीएको वडा प्रहरी कार्यालय राम बजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए । पक्राउ परेका घमाललाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय कास्की पठाईएको उक्त कार्यलयले जनाएको छ ।