१ लाख ३६ हजार रुपैयाँसहित ५ जुवाडे पक्राउ

कास्की । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१४ कदम मार्ग डेरा गरी बस्ने देबिलाल तिमिल्सिनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१३ मियापाटन बस्ने ४२ वर्षीय जिवन नेपाली लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलीरहेको अवस्थामा १ लाख ३६ हजार १ सय ७० रुपैयाँ नगद र तास सहित फेला पारी पक्राउ गरेको हो ।