एकैदिन उपत्यकामा ४८१ सहित देशभर १०६९ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित देशभर १०६९ जना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।