५ जना फरार प्रतिवादी पक्राउ

म्याग्दी । म्याग्दीमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद (जन्मकैद)ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका ४ बस्नेहरू २८ वर्षीय बलमान घर्ति, ३३ वर्षीय जिवन घर्ति मगर, २६ वर्षीय दुर्गा बहादुर घर्ति तथा २७ वर्षीय दल प्रसाद पुन र सोही गाउँपालिका ५ बस्ने २९ वर्षीय तिथेन्द्र घर्ति मगर रहेका छन् । यीमध्ये दुर्गा बहादुर र दल प्रसाद पुनलाई घटनाको समयमा बालबालिका भएकाले जिल्ला अदालत म्याग्दीले आधा सजाय तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा कास्कीका विभिन्न स्थानहरूमा विभिन्न आवरणमा लुकिछिपी बसेका उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कारागार कार्यालय म्याग्दीमा पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।