कोरोना संक्रमित महिलाको मृत्यु

खरा । पोखरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो ।

पोखरा–१० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए ।

स्वास्थ्य समस्या देखिएपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो ।

कोरोना संक्रमणको आशंकामा उनको स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा सारिएको थियो ।