भारतमा कोरोनाले ७२ हजार ७७५ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ८०९ कोरोना संक्रमित थपिएका छन् ।

भारतमा हिजो अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ९० हजार ८०२ संक्रमित थपिएका थिए ।

भारतमा हालसम्म ४२ लाख ८० हजार ४२२ जनामा कोरोना संक्रमण देखिसकेको छ ।