विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७२ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ८९७ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ९१ हजार ३१ को मृत्यु भइसकेको छ ।