सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका १७ दोबिल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरीलाई १८ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत चितवन तथा पुनरावेदन अदालत हेटौंडाको २०५९ फागुन १२ गते फैसलाले सवार ज्यान मुद्दामा ४ वर्ष ११ महिना ५ दिन कैद सजाय भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका १७ दोबिल्लाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।