भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।