एकैदिन कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ३४५ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

गत साता देशभर ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।