महिला सांसद माग : बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं

संघीय संसद अन्र्तगत दुबै सदनको बैठक आज बस्दै – BP Bichar

काठमाडौं । संघीय संसदमा रहेका महिला सांसदहरुले १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरेका छन् ।

संघीय संसद सचिवालय सिंहदरबारमा सोमबार बलात्कारका घटना बढेको विषयमा छलफल गर्दै महिला सांसदहरूले बलातकारीलाई कडा सजाय गर्नुपर्नेमा जोड दिएका हुन् ।

१५ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने र नपुंसक बनाउने गरी कानुन बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिका लाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने बताइन् ।

“१६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुनी व्यवस्था राख्नुपर्ने गरी अगाडि बढ्नुपर्छ,” उनले भनिन्, “यसका लागि हामीले संविधान संशोधन गर्नुपर्छ ।” उनले सो व्यवस्था राख्‍न अन्तर्राष्ट्रिय सन्धि(सम्झौता परिमार्जन गर्न सकिने पनि बताइन् ।

सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने धारणा राखिन् । उनले दैनिकजसो बलात्कारका घटना भइरहेको भन्दै मृत्यु दण्ड वा लिंग छेदन गर्नुपर्ने व्यवस्थाबारे सोच्नुपर्ने बताइन् । “अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी मृत्युदण्डको कानुन हुन्छ कि, लिंग छेदन गर्ने हुन्छ । के गर्न सकिन्छ बनाऔं । उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन,” चौधरीले भनिन् । त्यस्तै छलफलमा सहभागि अन्य महिला सांसदले पनि बलात्कार गर्नेमाथि कडा कारबाहीको माग गर्दै सोहीअनुसारको कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।