बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको उनले बताए ।

जरायो मारेर शिकार गरिरहेको अवस्थामा घाँस काट्दै उनी त्यहाँ पुगेपछि बाघले एक्कासी आक्रमण गरेको रामको भनाइ छ ।