कोरोनाले एकैदिन ९ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र ७ जना पुरुषको कोरोनाले मृत्यु भएको छ ।

जसमा सुनसरीका ३ जना पुरुष रहेका छन् भने काठमाडौंका एक महिला र २ जना पुरुष रहेका छन् । 

यसैगरी ललितपुरका १ जना पुरुष, चितवनकी एक महिला र रुपन्देहीका एक पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।