४ मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमीले सन्चालन गरेको ‘अपरेसन रिचार्ज कार्ड’ अभियानबाट चोरीका चार मोटरसाइकलसहित एकै दिन ३ जना व्यक्ति पक्राउ परेका छन् ।

यही कात्तिक ३ गते बिहान ९ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको पल्सर मोटरसाइकल हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो ।

चोरी भएको ठाउँ नजिकै एक जना शंकास्पद व्यक्ति आई फोन रिचार्ज गरेको र सोही समयमा नै मोटरसाइकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानेर प्रहरीले ‘आपरेसन रिचार्ज कार्ड’ नामबाट अनुसन्धान शुरु गरेको थियो ।