काठमाडौं उपत्यकामा थपिए १५५२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना संक्रमित थपिएका छन् ।