उपत्यकामा मात्र ११६४ प्रहरी कोरोना सक्रिय संक्रमित

काठमाडौं । प्रहरीमा कोरोनाका संक्रमितको संख्या पाँच हजार सात सय १३ पुगेको छ । जसमध्ये तीन हजार पाँच सय १८ जना डिस्चार्ज भएका छन् ।

हाल प्रहरीमा दुई हजार एक सय ९५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकाकै एक हजार एक सय ६४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयकै ४७९ र उपत्यकाका ६८५ प्रहरी छन् ।

यस्तै प्रदेश १ का १४७ जना, प्रदेश २ का ८१ जना, वाग्मती प्रदेशका १८४ जना, गण्डकी प्रदेशका २२१ जना, लुम्बिनी प्रदेशका २०० जना, कर्णाली प्रदेशका ५३ र सुदूरपश्चिम प्रदेशका १२२ जना सक्रिय संक्रमित छन् ।