एकैदिन कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो ।

यो दैनिक मृत्यु हुनेको संखयमा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।