आजमात्र कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।

शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।