पछिल्लो २४ घण्टामा थप १९४ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार २६६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।