अवैध लागुऔषध चरेससहित एकजना पक्राउ

काठमाडौं । नेपालबाट रुसमा पाँच किलो अवैध लागुऔषध चरेस पठाउने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले लमजुङ बेंसीसहर नगरपालिका १० का ५२ वर्षीय टेकबहादुर राउतलाई ललितपुर महानगरपालिका ३, पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट कीर्ति क्राफ्ट लिमिटेडका नामबाट पठाइएको चरेस रुसमा बरामद भएको थियो । त्यसपछि रुसमा अनुसन्धान भइरहेकामा रुस सरकारबाट पारस्परिक कानुनी सहायताका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा पत्र आएको थियो । सोही पत्रका आधारमा ब्युरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध लागुऔषध चरेस कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।