६ किलो गाँजासहित एक पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१६ बाट प्रतिबन्धित लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् ।

स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा बुधवार साँझ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो ।  घरबाट गाँजा बरामद भए संगै धिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।