फिफा वरियतामा नेपाल एक स्थान झर्यो

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नया“ वरियतामा नेपाल एक स्थान तल झरेको हो ।

फिफाको नयाँ वरियतामा नेपाल १७१ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७२ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छन् । नेपाल भन्दा माथि भारत १०५ औं र माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

दक्षिण एसियामा नेपाल भन्दा तल चार राष्ट्र रहेका छन् । नेपालपछि भुटान १८७ औं स्थानमा रहदा बंगलादेश १९७ औं स्थानमा छ । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शिर्ष १० स्थानसम्म फेरवदल भएको छैन । शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल , पोर्चुगल, अर्जे्िन्टना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छैटौंबाट दशौंसम्म रहेका छन् ।