जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गर्ने पक्राउ

कास्की । जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ५ मालेपाटनका ५८ वर्षीय सूर्यलाल खड्का र पोखरा उपमहानगरपालिका–२५ हेम्जा बस्ने धादिङ गंगा जुमना गाउँपालिका–१ घर भएका ३९ वर्षीय कमान बहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुलाई पोखराको राष्ट्र बैंकस्थित खाजाघरबाट बुधवार पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।