यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

यस्तै, महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।  यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यता, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहि देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।