यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । 6र ftस्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

 

हाल देशका पहाडी भू-भागमा आंशिकदेख सामान्य बदलीको अवस्था छ भने अन्य भू-भागमा सामान्य बदली भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज अपराह्नपछि गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बुधबार र बिहीबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

 

यस्तो छ तीन दिनको पूर्वानुमान

 

चैत्र १० गते (मंगलबार)

 

दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकि भू-भागमा पनि आंशिक बदली रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

चैत्र ११ गते (बुधबार)

 

दिउँसो : : सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा पनि आंशिक बदली रहने छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

चैत्र १२ गते (बिहीबार)

 

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरुका थोरै स्थानहरु मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।