५ किलो गाँजासहित काठमाडौँबाट एक पक्राउ

काठमाडौँ । लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरी चेकजाँचका क्रममा पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

बा ३ ख ८५२३ नम्बरको यात्रुबहाक बसमा धादिङबाट आउँदै गरेका १३ वर्षीय निमा तामाङलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

उनको कालो रंगको झोला चेक जाँच गर्ने क्रममा उक्त झोलाभित्र खैरो टेपले बेरी ६ वटा पोका बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजाको धुलो ५ किलो ४०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।