आज देशभर वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुका साथै तल्लो वायु चापीय न्युन प्रणालीको प्रभावले आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही केही भूभागहरुमा तुवाँलो लागेको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि मुलुकभरका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र २६ गते (बिहीबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २७ गते (शुक्रबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २८ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।