चितवन मेडिकल कलेजमा थप चार कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनको चितवन मेडिकल कलेजमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलेजका सञ्चार संयोजक डा। किशोर अधिकारीका अनुसार गएराति साढे १२ बजेदेखि दिउँसो दुई बजेसम्म नवलपुर, तनहुँ, कपिलवस्तु र रुपन्देहीका एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–२ का ७३ वर्षीय पुरुष, कपिलवस्तुकी ६७ वर्षीया महिला, तनहुँको भानु नगरपालिका–१२ की ६५ वर्षीया महिला र रुपन्देहीको संखीपुर–१५ का ८० वर्षीय पुरुष छन् ।

कोरोना संक्रमणबाट भएको निमोनियाका कारण उनीहरुको मृत्यु भएको कलेजले जनाएको छ । चितवन मेडिकल कलेजमा बुधबार मात्रै ६ जना संक्रमितको मृत्यु भएको थियो ।