भट्टराईलाई बेस्ट मोर्डन मेल सिंगर अवार्ड

काठमाडौं । गायक कृष्ण भट्टराईले ‘केवल कारैमा’ गीतबाट बेस्ट मोर्डन मेल सिंगर अवार्ड चुम्न सफल भएका छन् । भट्टराईले क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा उक्त अवार्ड पाएका हुन् ।

इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा जन्मिएका भट्टराईले अहिले सम्म डेढ दर्जन भन्दा धेरै गितमा स्वर भरिसकेका छन । आरआर कलेजबाट संगित कक्षा सुरु गरेका भट्टराई अहिले अनुराग संगित विद्यालयमा सिक्दै छन । इलामबाट काठमाडौ संगितकै सिलसिलामा हिडेका कृष्णले पहिलो पटक २०६५ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन ।

२०७५ मा म्युजिक खबर अवार्ड बाट नवदित आधुनिक गायक, इनकोरेजमेन्ट अवार्ड २०७५ हात पारिसकेका भट्टराईको अब चाडै सहर नामक एल्बममा जुन सहर को यथार्थ बोकेको गित आउन लागेको जानकारी दिए ।

युवा पुस्तामा लोकप्रिय बन्दै गरेका इलाम नयाँबजारका गायक कृष्ण भट्टराईको लजाउँदै तिमि, कुल–कुल, केवल कारैमा, बुढापाबाले लगायतका चर्चित गीतहरु श्रोतादर्शकले अत्याधिक मन पराईसकेका छन् ।