प्रतिनिधि सभा बैठक २८ गते सम्म सर्‍यो

काठमाडौं । भोलि २२ गते बिहीबारको दिन बोलाइइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले भोलिका लागि बोलाईएको बैठक पुस २८ गते बुधबार दिउँसो एक बजे बस्ने सूचनामा उल्लेख छ । स्रोतकाअनुसार नेकपा एमालेको आग्रहमा बैठक स्थगित गरिएको हो ।

एमालले जिल्ला अधिवेशन जारी रहेकाले बैठकमा उपस्थिति हुन समस्या देखापर्ने भन्दै बैठक स्थगित गर्न आग्रह गरेको थियो ।