माधवकुमार नेपाललाई कोरोना पुष्टि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

अध्यक्ष नेपाल संक्रमण भएसँगै पूर्वनिर्धारित कार्यक्रम र भेटघाट केही समयका लागि स्थगित गरिएको छ । उनले आफ्नो सम्पर्कमा रहेकालाई एकान्तवास बस्दै परीक्षण गराउन पनि आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललार्ई संक्रमण देखिएसँगै उच्चपदस्थ व्यक्तिहरूले कोरोना परीक्षण गराएका छन् ।