नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान

काठमाडौं । युएईमा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलंका प्रस्थान गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्नेछन् ।

नेपालले सोमबार श्रीलंका नाभी, मंगलबार श्रीलंका नाभी, बिहीबार श्रीलंका पुलिस र शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्नेछन् ।