गाउँको यादमा पिल्सिएका परदेशीहरुप्रति समर्पित गीत सार्वजनिक

काठमाडौं । हरेक घटनालाई शुक्ष्म अनि मार्मिक ढंगले गीतको माध्ययमबाट प्रस्फुटन गर्न सक्ने क्षमता भएका एक अब्बल गीतकार हुन् दिपक वस्नेत । विगत लामो समयदेखि रोजगारीको शिलशिलामा जापानमा रहेर देश, समाज, संस्कार र संस्कृतिलाई अति नै माया गर्ने गीतकार वस्नेतको शब्द र संगीतमा ‘आज फेरि याद आयो गाउँघरको’ गीत सार्वजनिक भएको छ ।

भनिन्छ हरेक कुराको महत्व आफ्नो साथ छुटेपछि मात्र थाहा हुन्छ । त्यस्तै भावमा जो बाध्यताले आफ्नो गाउँबाट अलग हुनुपरेको छ र त्यहि गाउँको पानी पँधेरो, उकाली ओराली, साथी संगी सँग रमाईलो गरेका हरेक पलहरु झलझली आँखामा सजाउँदै परदेशबाट आफ्नो गाउँको यादमा पिल्सिरहेकाहरुको पीडा अनि वेदनालाई मार्मिक ढंगले दिपकले प्रस्तुत गरेका छन् । उनी आँफै पनि परदेशमा लामो समय विताएर होला सायद गीतकार एवं संगीतकार वस्नेतका प्राय जसो शब्द रचनाहरुमा देशप्रतिको मोह छताछुल्ल पोखिएका हुन्छन् । देशको माटोको सुगन्ध, संस्कार अनि मौलिक संस्कृतिहरुको यादगार पोयोहरु सरल, सरस अनि सालिन तरिकाले फुकाईन्छन्, उनीन्छन् र आम नेपालीको मन मनमा अमीट छाप बनेर सजिन्छन् ।

दुई दशक भन्दा लामो समयदेखि निरन्तर गीत संगीतमा सक्रिय रहँदै आएका वस्नेतको यस गीतमा उनैको शब्द र संगीत रहेको छ भने आवाज भीम चापागाईँको रहेको छ । गीतमा संगीत संयोजन आशिष सुनुवारले गरेका छन् । वस्नेतको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

यस्तो छ गीत