लघुकथाः कसको पाले को ?

पारिवारिक जमघटमा आएका एकजना भाइ बिहान हस्याङ्ग फस्याङ्ग गर्दै उठ्यो ।

मः भाइ किन चाँडो जान लागेको ? चिया पिएर जाउ न ।

भाइः हैन दाइ , कुकुर डुलाउनु पर्छ ।

मः बिस्तारै डुलाए हुदैन , आज बिदाको दिन पनि हो ?

भाइः कुकुरले हग्ने बेला भइ सक्यो ।

मः घर मै हगाउने होईन ?

भाइः सडकमा नि दाइ ? लाज पचाउदै भन्यो ।

मः भनेपछी बिस्तारै जाँदा नहुने ।

भाइ हिड्यो ।

एकदिन मर्निङ वाक जाँदै थिए , तिनै भाइ कुकुरको पछि पछि हिड्दै थियो । ती भाइले भनेको कुरा सम्झे ‘कुकुर डुलाउनु पर्छ ।’ तर कुरो उल्टो रहेछ कुकुरले उसलाई डुलाउदो रहेछ ।

अलिकती पर बाट म दृश्य नियाल्दै पछि पछि लागे ।

अगाडि पोलमा कुकुरले सुघ्न थाल्यो उ टक्क अडियो , कुकुर छिटो छिटो दौडियो उ पनि दौडियो । यतिकैमा एक जनाले सडक पारिबाट हात हल्लाउँदै केही भन्न खोज्दै थियो ।

म पछि कुरा गर्छु है टमि (कुकुर) भागीसक्यो भन्दै ति भाइ दौडियो ।

सिहदरबार अगाडि कुकुर अडियो , भाइले तान्न खोज्यो , कुकुर कुनै हालतमा पनि मानेन, कुकुरले हगि छोड्यो । कुकुर लाई के मतलव सिहदरबार होस कि बागदरबार, कुकुरले आनन्द लियो ।

ड्युटिमा बसेको पुलिस आएर जोरले हप्कायो , भाइले अफ्ठयारो मान्दै अलिपरबाट प्लाष्टिक लिएर गु सोरेर नजिकैको नालिमा फ्याक्यो ।

म रनभुल्लमा परे ‘भाइले कुकुर डुलाएको कि कुकुरले भाइललाई ?’

सहरमा पैसावालाहरु आमा बुवा पाल्दैनन् बरु कुकुर पाल्छन् ।

यिनिहरुको पाले कुकुर कि कुकुर को पाले यिनिहरु ?

मैले बुझिन, लौन बाताइदिनुस् ।

लेखकः सविन भट्टराई