एमाले र जसपाबीच चुनावी तालमेलबारे ४ सिटमा कुरा अल्झियो

काठमाडौं । विगतको सक्ता साझेदार दल नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) यतिबेला आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा चुनावी तालमेल गर्न छलफलमा व्यस्त छन् । दुई पार्टीबीच भएको छलफल सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । नेताहरुका अनुसार जसपाले मागेकोमध्ये ४ सिटमा कुरा मिलिरहेको छैन ।

प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा जसपाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवैसँग चुनावी तालमेलका लागि दोहोरो संवाद सुरु गरेको थियो । सत्ता गठबन्धनमा १६ सिट पाएको जसपाले त्यसमा चित्त नबुझाएपछि एमालेसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाएको हो ।

बिहीबार साँझ नेकपा एमालेका शीर्ष नेता र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा चुनावी तालमेलका लागि दुवै पक्ष सकारात्मक भएको नेताहरुको भनाइ छ । बिहीबार एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलबारे लामो छलफल भएको थियो । एमाले नेता रघुवीर महासेठको नीजि निवास भैंसेपाटीमा करिव ४ घण्टा भएको छलफलमा जसपा अध्यक्ष यादवले प्रतिनिधि सभाका २५ मा एमालेले सघाउनु पर्ने प्रस्ताव राखेको थियो । त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेपछि सहमति पत्रमा हस्ताक्षर हुन नसकेको बुझिएको छ ।

‘जसपाले संघमा २५ सिट मागेको छ, सोही अनुपातमा प्रदेशमा पनि उसको माग छ ।