दक्षिण कोरियामा एक नेपाली व्यवसायी पक्राउ

काठमाडौं– नेपाली मुलका एक व्यवसायीलाई दक्षिण कोरियामा प्रहरीले पक्राउ गरेको छ । विगत २४ वर्षदेखि कोरियामा रहेका लक्ष्मण बोगटीलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
कोरियन महिला विवाह गरेका बोगटीले कोरियन नागरिकता प्राप्त गरेका छन् । लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएका उनी यस अघि बिभिन्न ठगी मुद्दाहरूमा पनि परेको वताइएको छ । उनलाई नेपाली तथा कोरियनहरूलाई ठगेको आरोपमा गत साता सौल प्रहरीले पक्राउ गरेको हो ।

बोगटीलाई प्रहरी हिरासतमा राखिएको बताइएको छ । गैर कानुनी हुण्डी कारोवारमा संलग्न उनले नेपाली र कोरियन नागरिकहरुलाई ठगेको वताइएको छ । नेपालको मुल घर म्याग्दी रहेका वोगटीको दोङदेमुन र किम्हेमा नमस्ते नामका रेष्टुरेन्ट संचालित छन् ।
वोगटीले आर्थिक सापटी लिएर नतिरेको तथा आफु भन्दा तल्लो हुण्डी कारोवारीहरुको रकम ठगेको वताइएको छ । पिडितहरुको उजुरीको आधारमा बोगटी पक्राउ परेका हुन् ।